दिल्ली दूतावासमा चुच्चे नक्सा नराख्दा राष्ट्रको शिर निहुरियो, योभन्दा लज्जाजनक कुरा के हुन्छ ? अध्यक्ष ओली

काठमाडौँ, चैत २० । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् ।

बुद्धिजिवी परिषद्‌को १० औं महाधिवेशनको उद्घाटन गर्दै उनले दूतवासमा चुच्चे नभइ बुच्चे नक्सा राखिएको बताए । उनले यस्तो काम वर्तमान सरकारले पटकपटक गरेको पनि बताए ।

राष्ट्रिय दलाली र योभन्दा राष्ट्रको गौरव र शीर निहुर्‍याउने योभन्दा लज्जाजनक कुरा के हुन्छ ? उनले प्रश्न समेत गरे । साथै ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यको बारेमा समेत प्रश्न गरेका छन् ।

‘दिल्ली किन जानुभयो शेरबहादुरजी फर्किएर पछि सोधौंला भनेको थिएँ । यही राष्ट्रिय बेइमानीका लागि जान लाग्नु भएको हो रु के–का लागि जान लाग्नु भएको हो ?,’ ओलीले भने, ‘नेपाल फर्किनुभन्दा अघि दिल्ली दूतावासमा हाम्रो सरकारले संविधान संशोधन गरेर बनाएको नक्सा राखेर वा हटाएर फर्किनु हुन्छ ?’

हिजो मात्रै ओलीले चुनावकै बेला प्रधानमन्त्री देवा किन भारत भ्रमणमा जानु भएको हो भनेर आफुले आएपछि सोध्ने पनि बताएका थिए । देउवा भारत भ्रमण सकेर आजै स्वदेश फर्कदैछन् ।

प्रतिक्रिया दिनुहोस्