लामो दूरीका सार्वजनिक यातायातको भाडा बढ्यो ,कुन रुटको दर कति ? ( हेर्नुहोस् सुचिसहित)

काठमाडौं, चैत २० । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ । एउटा प्रदेशबाट अर्को प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १० देखि १५ प्रतिशतसम्म बढाएको हो ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रिस्तरीय निर्णयानुसार आइतबार यात्रुबाहक सवारीको भाडा १० देखि १० प्रतिशतसम्म बढाइएको हो।पहाडमा मालबाहक सवारीका लागि १३ प्रतिशत र तराईका जिल्लामा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ।पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धिलाई आधार मानेर विभागले लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय लिइएको जनाएको छ।

संघीय सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने तयारी गरेका छन्। काठमाडौं उपत्यकासहितका छोटो दूरीको भाडा प्रदेश सरकारले बढाउने छ। पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन्। भौतिक पूर्वाधार तथा यायायातमन्त्री रेणुकुमारी यादवले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय पनि गरेकी छिन् ।

अब गाडीका पार्टपूर्जासहित अन्य पक्षको मूल्यवृद्धिको हरेक वर्ष चैतमा पुनरावललोकन गरेर भाडा समायोजन हुनेछ । सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप अहिलेसम्म पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो । तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले ५ प्रतिशत मूल्य घटबढ भएमात्रै समायोजन गर्ने व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्था भएपछि तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने भएकाले सकारात्मक निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । अब प्रदेशले पनि यसैअनुसार भाडा समायोजन गर्नुपर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्