चुनावी आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरूसँग छलफल गर्ने

काठमाडौं, चैत २० । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ।

स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको हो। चैत २२ गते मंगलबार दलहरूका प्रतिनिधिसँग आयोगले आचारसंहिताबारे प्रतिवद्धता लिन लागेको छ।

आयोगले वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि दलहरूबाट निर्वाचन आचारसंहिता कार्यान्वयनबारे प्रतिवद्धता लिने तयारी गरेको आयोग स्रोतले बताएको छ ।

स्थानीय चुनावमा भाग लिने ७९ दलका प्रतिनिधिसँग छलफल गरेर आचारसंहिता पालनाको लागि प्रतिवद्धता लिइने आयोगको भनाइ छ। यता गत चैत ३ मै निर्वाचन आचारसंहिता स्वीकृत भई राजपत्रमासमेत प्रकाशित भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्