सरकारलाई विना कुनै शर्त समर्थन गरेका हौंः कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई विना कुनै शर्त समर्थन गरेको बताउँदै राप्रपा तत्कालै सरकारमा सहभागी हुनेबारे नसोचेको बताएका छन् ।

माओवादी नेता जनार्दन शर्मालाई गृहमन्त्रीबाट हटाएर कमल थापा गृहमन्त्री बन्न लागेको चर्चा चलिरहेको बेला थापाले सरकारमा सहभागी हुनेबारे नसोचेको बताएका हुन् ।

उनले भने “निर्वाचन तोकिएकै समयमा गराउने वाहेक अरु कुनै शर्त रहेको छैन, बाहिर हल्ला भएजस्तो गरी सरकारमा सहभागी हुने विषयमा अहिलेसम्म हामीले सोचेका छैनौं ।”

राप्रपाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको थापाले बताए । उनले मन्त्री बन्नका लागि पार्टीले सरकारलाई सर्मथन नगरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्