काठमाडौं महानगरपालिकामा गठबन्धनको सैद्धान्तिक सहमती
काठमाडौँ, चैत १९ । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा देशको जनधनत्व र आर्थिक सम्पन्नताको सवालमा सबैभन्दा बलियो काठमाडौं महानगरपालिकाको निर्वाचनप्रति सबैको चासो बढेको छ । महानगरमा प्रमुख तथा उप–प्रमुखमा कुन पार्टीबाट कुन नेताले टिकट हात पार्ने हो ? यसप्रति सबैको ध्यान केन्द्रित छ ।
काठमाडौं महानगरमा जम्मा ३२ वडा रहेको छ । गत निर्वाचनमा महानगरको ३२ वडा मध्य १४ वटा वडामा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । यी स्थानमा यस पटक पनि नेपाली काँग्रेसकै उमेदवार हुने भएको छ, भने बाँकी १८ वटा सिटमध्य ३ वटा सिटमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) लाई दिने र बाँकी १५ वटा सिटमा नेपाली काँग्रेस, समाजवादी र नेकपा माओवादी केन्द्रलगायत गठबन्धनबिच भागबण्डा गर्ने सैद्धान्तिक सहमती भएको स्रोतले जनाएको छ ।
यस सहमतीसंगै कमपाको प्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्की बलियो उम्मेदवार हुन् भने तिर्थराज डंगोलले पनि उमेदवारी पाउने बलियो संभावना बनेको छ ।
महानगरको उप–प्रमुखमा भने नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य तथा काठमाडौं महानगरका अध्यक्ष रामेश्वर श्रेष्ठले उमेद्वार पाउने पक्कापक्कि भएको छ ।
उनी सबैलाई मिलाएर लैजानसक्ने निष्ठावान नेताको रुपमा पार्टीमा पहिचान बनाएका छन् ।
देश/विदेश घुमेका, अनुभवी, सरल, विकासको मोडालिटी दिनसक्ने, खारिएका, महानगरबासीका समस्यालाई नजिकबाट बुझेका नेताले भएकाले उनले उप–प्रमुखमा उमेदवारी पाउनुलाई सबैको खुशिको कुरा भएको स्थानीय नेताहरुको भनाई छ ।















प्रतिक्रिया दिनुहोस्