युक्रेनमा रुसको आक्रमणमा अहिलेसम्म १५० बालबालिकाको मृत्यु, २४५ घाइते
काठमाडौँ , चैत १८ । रुसको युक्रेनमा आक्रमण भएको पाँच सातामा १५० बालबालिकाको मृत्यु भएको छ ।
युक्रेनको अभियोजक जनरलको कार्यालयले युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि अहिलेसम्म १५० बालबालिकाको मृत्यु भएको र २४५ जना घाइते भएको बताएको छ ।
त्यस्तै रुसको आक्रमणमा अहिलेसम्म युक्रेनमा ८५९ शैक्षिक संस्थामा भत्किएको र ८३ शैक्षिक संस्था पूर्णरुपमा ध्वस्त भएको अभियोजक जनरलको कार्यालयले जनाएको छ ।
जनरलको कार्यालयले हताहत भएको बालबालिकाको संख्या अझै बढ्न सक्ने बताएको छ । युक्रेनको मारिउपोल, चेर्नीहिभ, लुशांक क्षेत्रको विवरण आउन बाँकी रहेको जनाएको छ ।
रुसको आक्रमणपछि ४० लाखभन्दा बढी युक्रेनीले देश छोडी सकेका छन् । उनीहरु छिमेकी देशमा शरणार्थी बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्