प्रधानमन्त्रीको भारत भ्रमण मुलुकको हितमा केन्द्रित : मन्त्री कार्की

काठमाडौं, चैत १८ । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्वन्ध थप प्रगाढ हुने बताएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन्।

सरकारका प्रवक्तासेमत रहेका उनले प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले दुई देशबीच सदियौँदेखिको सम्बन्ध थप प्रगाढ हुने बताए।कार्कीले प्रधानमन्त्रीको भारत भ्रमण मुलुकको हितमा केन्द्रीत रहने पनि बताए।

मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको बताउँदै उनले बैठकले अरुण ३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुट्टी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा दिने निर्णय गरेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्