सार्वजनीक यातायातको भाडा १० प्रतिशतले बढ्ने , आइतबारदेखि लागू
काठमाडौं, चैत १८ । आइतबारदेखि सार्वजनीक यातायातको भाडा १० प्रतिशतले बढ्ने भएको छ। इन्धनको मूल्य निरन्तर उकोलो लागे पनि सार्वजनिक यातायातको भाडा पुनः समायोजन गरिएको हो।
बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले चैत २० गतेदेखि लागू हुनेगरी अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो।
सरकारले भाडा नबढाए आफूखुसी भाडा बढाउने यातायात व्यवसायीको चेतावनीपछि सरकारले १५ प्रतिशतसम्म भाडा बढाउने भएको छ। २० गतेदेखि लागू हुने गरी नयाँ भाडा अनुसार सार्वजनिक यातायाततर्फ १० प्रतिशत र ढुवानीतर्फ १५ प्रतिशत बढ्ने छ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले भाडा बढाउने सहमति भइसकेको र बिहीबारको बसेको मन्त्रिपरिषद्को बैठकले बढाउने निर्णय गरिसकेको जानकारी दिए।
उनका अनुसार यातायात विभागमा यातायात व्यवसायीसहितको कमिटीले ११ प्रतिशत भाडा बढाउनुपर्ने भन्दै यातायात मन्त्रालयलाई सिफारिस गरेपनि १० प्रतिशत मात्रै बढेको छ।
प्रतिक्रिया दिनुहोस्