गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने प्रधानमन्त्रीको भनाई, भन्छन् – अफ्ठयारासँग भाग्दैन

काठमाडौं , चैत १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने बताएका छन् ।

बिहीबार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।उनले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकोले आफू अफ्ठयारासँग नभाग्ने पनि उनले बताए । उनले गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकतावद्ध बनाएर अघि बढ्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको पन बताए । उनले प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुःख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने बताए ।

उनले मिथ्या र भ्रामक समाचार निराकरण गर्न सरकार, राजनीतिक दल, सञ्चारकर्मीहरुको पहल हुनु आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्