पल शाहलाई थुनामा पठाउनुको कारणसहितको प्रतिवेदन उपलब्ध गराउन उच्च अदालतको आदेश

काठमाडौँ, चैत १६ । कलाकार पल शाहले उच्च अदालत कास्कीमा दिएको निवेदनमा बुधबार तोकिएको पेशीमा कारणसहितको प्रतिवेदन उपलब्ध गराउन आदेश दिएको छ।

उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले नाबालिका बलात्कार गरेको अभियोगमा कारागारमा रहेका शाहलाई थुनामा पठाएको प्रमाणहरूको प्रतिवेदन उपलब्ध गराउन बुधबार आदेश दिएको हो। पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले निवेदन दिएका थिए।

शाहले जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले गत चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

पलविरुद्ध तनहुँ प्रहरीमा गएको फागुन ११ गते उजुरी परेको थियो । उजुरीपछि पल फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आफैँ उपस्थित भएका थिए ।

पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्