आगामी निर्वाचनमा दुई वटा गठबन्धन हुन्छ : नेता खनाल

काठमाडौ , चैत १६ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी वैशाख ३० गते हुने निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् ।

गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आज   नेता खनालले निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन् ।

उनले सत्तारुढ दलहरुको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलीय गठबन्धन बन्नसक्ने बताए । नेपाली जनमत दुईवटा गठबन्धनकाबीचमा विभाजित हुने उनले बताए ।

उनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँच दलिय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकतावद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको पनि उल्लेख गरे । उनले गैरआवासीय नेपाली र नेपाली जनताकाबीचमा प्राकृतिक सम्बन्ध रहेको बताए ।

त्यसैगरि आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मियता र घनिष्ठ बनाउनुपर्नेमा उनको जोड रहेको छ । स्थानीय तहको निर्वाच आगामी बैशाख ३० गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्