प्रधानसेनापति शर्मा र बंगलादेशका गैरआवसीय सैनिक सहचारीबीच शिष्टाचार भेट

काठमाडौं, चैत १६ । प्रधानसेनापति प्रभुराम शर्मा र बंगलादेशका गैरआवसीय सैनिक सहचारी जनरल अबुल कलाम आजादबीच शिष्टाचार भेट भएको छ ।

शिष्टाचार भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्