निर्वाचन नसकिएसम्म जिल्लामा कार्यरत कर्मचारीहरुको काज, विदा स्वीकृत नहुने
काठमाडौं , चैत १६ । गृह मन्त्रालयले जिल्लामा कार्यरत कर्मचारीहरुको काज, विदा स्वीकृत नगर्नरनगराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयले स्थानीय तहको निर्वाचन तोकिसकिएको अवस्थामा अत्यावश्यकबाहेक जिल्लामा कार्यरत कर्मचारीहरुको काज, विदा स्वीकृत नगर्न सीडीओ कार्यालयहरुलाई निर्देशन दिएको हो।
यो नियम जिल्लाका सबै कार्यालयमा कार्यरत कर्मचारीहरुलाई लागू हुने छ। गृह मन्त्रालययले जिल्लाका सबै कार्यलय प्रमुखहरुको बैठक डाकेर सोबारे जानकारी गराउन सीडीओहरुलाई लिखित निर्देशन दिएको गृह स्रोतले बताएको छ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउँदै छ। चैत १० मा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै यस्तो निर्णय गरेको हो।














प्रतिक्रिया दिनुहोस्