ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड आइतबार हुने
काठमाण्डौ, चैत १६ । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको प्राथमिक शेयर बाँडफाँड यहि चैत २० गते आइतबार हुने भएको छ ।
कम्पनीको मंलबार प्रिअलटमेन्ड सम्पन्न भएको लक्ष्मी क्यापिटलले जनाएको छ । नेप्सेमा बाँकी प्रक्रिया पुरा गरि यहि आइतबार बाँडफाँड गर्ने तयारी भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
प्रतिक्रिया दिनुहोस्