‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’समितिको पहिलो बैठक आज
काठमाडौं, १६ चैत। स्थानिय तहको निर्वाचन नजिकिंदै गर्दा नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’समितिको पहिलो बैठक आज बस्ने भएको छ ।
पार्टी उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने छ ।
कांग्रेस केन्द्रीय समितिले उपसभापति खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको थियो । समितिलाई पूर्णता दिने विषयमा पनि आज छलफल हुने भएको छ । बैठक दिउँसो १ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । काँग्रेसलेनिर्वाचनलाइृ मध्यनजर गर्दै जिल्ला टोल र घरघरमा निर्वाचन प्रचारलाई अघि बढाईरहको छ ।
प्रतिक्रिया दिनुहोस्