नेपालमा कोरोनाबाट थप ४२ संक्रमित, ८६ जना निको भए

काठमाडौँ , चैत १५ । नेपालमा थप ४२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३० र एन्टीजेन परिक्षणबाट १२ गरि कुल ४२ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८।७ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ३२२ पिसिआर र ११४९ नमुना एन्टीजेन परिक्षण गरि कुल ५ हजार ४७१ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार १९८ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्