सर्वोच्चको न्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन, अदालतमा जनताले ढुंगा हान्ने अवस्था आउन नदिने प्रतिबद्धता
काठमाडौं , चैत १५ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेको हो ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनवाइको क्रममा पुष्टि भएपछि उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले सर्वोच्च अदालतमा जनताले ढुंगा हान्ने अवस्था आउन नदिने गरी आफूले काम गर्ने बताएका छन् । उनले न्याय सेवालाई छिटो, छरितो र पारदर्शी बनाउन आफू केन्द्रित हुने प्रतिबद्धता पनि जनाएका छन् ।
श्रेष्ठविरुद्ध उजुरी गर्न संसदीय समितिले जारी गरेको १५ दिनको समयमा उनीविरुद्ध कुनै पनि उजुरी परेको थिएन । समितिबाट अनुमोदन भएसँगै अब राष्ट्रपतिले श्रेष्ठलाई नियुक्त गर्नेछि ।
गत फागुन २७ गते बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि उहाँको नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्