चुनावी गठबन्धन गर्ने गरी निणर्यको खाका तयार पार्यो कांग्रेसले !
काठमाडौं, चैत १५ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले चुनावी गठबन्धन गर्ने गरी निर्णयको खाका तयार पारेको छ ।
आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले चुनावी गठबन्धन गर्ने गरी निणर्यको खाका तयार पारेको हो ।
‘बिहान बसेको बैठकमा हामी पदाधिकारीहरूले आफ्नो विचार राखेर हिंडेका छौं । महामन्त्री ज्यूहरूले निर्णय लेखेर कार्यसम्पादनका साथीहरूसँग छलफल गर्ने र केन्द्रीय समितिबाट अनुमोदन गराउने समझदारी भएको छ’, सहमहामन्त्री भीष्मराज आङदेम्बेले भने, ‘गठबन्धन कुन तहबाट कसरी गर्ने भन्ने निर्णय भने पछि हुनेछ ।’
उनले अहिले नै कुन तहमा गठबन्धनको निर्णय कसले गर्ने भन्ने विषय नटुंगिएको जानकारी दिएका छन् । प्रवक्तासहित उपसभापतिद्वय र महामन्त्रीद्वयको बैठक बसेपछि सहमहामन्त्रीसहितको पदाधिकारी बैठक बसेको थियो ।
तेस्रो चरणमा सभापतिसहित पदाधिकारीको बैठक बसेर निर्णय अुनुमोदन गरेपछि त्यही निणर्य अनुमोदनका लागि केन्द्रीय समितिमा पेस हुने बताइएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो ३ बजे बस्दै छ । गएको आइतबारदेखि बैठक जारी छ ।















प्रतिक्रिया दिनुहोस्