दुई गाउँपालिका कार्यालयमा अख्तियारको छापा

काठमाडौँ , चैत १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई गाउँपालिका कार्यालयमा छापा मारेको छ ।

कोरोनाकालमा नक्कली बिल बनाएर राहत वितरण गरेको भन्दै पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिका कार्यालयमा छापा मारेको हो ।

केन्द्रीय कार्यालय काठमाडौं र मधेस प्रदेशको कार्यालय बर्दिबासको संयुक्त टोलीले सोमबार बिहान कार्यालयमा छापा मारेको अख्तियार स्रोतले जनाएको छ ।

कोरोनाकालमा खाद्यान्नसहित अन्य राहत सामग्रीहरूको नक्कली बिल बनाएको भेटिएपछि छापा मारिएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्