प्रधानमन्त्री देउवा औपचारिक भारत भ्रमणमा जाने समय तालिका सार्वजनीक
काठमाडौं, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने समय तालिका सार्वजनीक भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणा देउवासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत १८ गते नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमण टोलीमा परराष्ट्र मन्त्री डा. नारायण खड्कासहित अन्य केही मन्त्री र सचिवहरू सहभागी हुने भएको छ । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुनेछ। दिल्लीमा हुँदा प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति वेन्कैया नायडु, विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेट्ने कार्यक्रम छ।
चैत २० मा नेपाल फर्किनुअघि प्रधानमन्त्री देउवा बनारस पनि जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। सरकार परिवर्तन र नयाँ प्रधामनमन्त्री भए लगतै भारत भ्रमण गर्ने चलनलाई चिर्दै यस पटक भने प्रधानमन्त्री देउवा केहि ढिलागरि भारत भ्रमणमा जान लागेका हुन् ।
बनारस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो।
प्रतिक्रिया दिनुहोस्