डा.दास मधेश प्रदेशकै उत्कृष्ट चिकित्सक

काठमाण्डौ, १४ चैत । पर्सा स्थित नारायणी अस्पताल वीरगञ्जमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा। सरोज रोशन दास मधेश प्रदेशकै उत्कृष्ट चिकित्सकका रुपमा सम्मानित हुनुभएको छ । कोभिड–१९ महामारीका समयमा चिकित्सकका रुपमा गरेको कार्यलाई मूल्यांकन गर्दै डा। दासलाई मधेश प्रदेशकै उत्कृष्ट चिकित्सकका रुपमा स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले सम्मानित गरेको हो ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मूल भवनमा स्वास्थ्य दपर्ण मिडिया नेटवर्क प्रालिको छैठौँ बार्षिकोत्सवको अवसर आयोजित “राष्ट्रिय हेल्ट अवार्ड–२०७८” कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहनुभएका प्राध्यापक।डा। सशाङ्क कोइरालालले उक्त अवार्ड प्रदान गर्नुभयो ।

कोइरालाले डा। दासलाई सम्मान पत्र र खादाबाट सम्मानीत गर्नुभयो । कोभिड–१९ महामारीको समयमा मधेश प्रदेशको वीरगञ्जमा रहेर कोरोना भाइरसबाट प्रभावित विरामीहरुको उपचार तथा सेवामा जिम्मेवार तवरले कुशल चिकित्सकका रुपमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै डा। दासलाई मधेश प्रदेशकै उत्कृष्ट चिकित्सकका रुपमा सम्मानित गरिएको हो । कोरोनाभाइरस महामारीको दोस्रो लहरमा डा। दासले नारायणी अस्पतालको कोभिड संयोजकका रुपमा कार्य गरेका गर्नुभएको थियो ।

महामारीको इपिसेन्टर बनेको वीरगञ्जको नारायणी अस्पतालमा डा। दासको काँधमै संक्रमितहरुको उपचार गर्ने जिम्मेवारी थियो । डा। दासले आफु स्वयम संक्रमित हुदा समेत संक्रमितहरुको उपचारमा सक्रिय हुनुभयो । सन् २०१५ देखि मेडिकल क्षेत्रमा काम गरिरहेका डा। दासले मित्र राष्ट्र भारतमा पनि चिकित्सकका रुपमा काम गरेका छन् । कार्यक्रममा प्रत्येक प्रदेशबाट एकजनालाई प्रदेशकै उत्कृष्ट चिकित्सकका रुपमा सम्मानीत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्