चुनावी समीकरण र उम्मेदवार छनोट मापदण्ड निर्धारण गर्दै कांग्रेस
काठमाडौं, १४ चैत। नेपाली कांग्रेसले आज चुनावी समीकरण र उम्मेदवार छनोट मापदण्ड निर्धारण गर्ने भएको छ । नेपाली कााँग्रेसको केन्द्रीय समितले आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच गठबन्धन गर्ने बारेमा निर्ण गर्ने भएको छ । आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिएको नेपाली कांग्रेसले त्यसबारे आज औपचारिक निर्णय गर्दै छ ।
तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठक चुनावमा तालमेल गर्ने निर्णय गर्दै आज सकिने छ । कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार चुनावी तालमेल लगायतका विषयमा आजको बैठकबाट निर्णय छ । हिजोको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले बढीभन्दा बढी सफलता हासिल हुने गरी तालमेल गर्नुपर्ने मत राखेका थिए ।
आजको केन्द्रीय समिति बैठकलेगठबन्धन को मोडालिटीसमेत तयार पार्ने छ । बैठकले आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानको व्यवस्था छ ।
संसदीय समितिलाई प्रदेश र प्रतिनिधि सभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ । महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ । काँग्ेसलाई सहि गतिर आवश्यबताच अनुासर तालमेल गर्ने अधिकाँश नेताहरुले जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्