जेलभित्र यसरी बित्दैछ अभिनेता पल शाहको दैनिकी जिवन !
काठमाडौं, चैत १३ । नेपाली चलचित्रका नायाक तथा अभिनेता पल शाह अहिले तनहुँ जिल्ला कारागारमा रहेका छन् । बलात्कार मुद्दामा पुर्पक्षका लागि उनलाई थुनामा राखिएको हो ।
पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको जेल भित्रको जिवन कस्तो होला भन्ने कौतुहलता उनका फ्यानलाई पक्कै छ । उनी माथि लागेको आरोप र अदालतको फैसलाले पलका फ्यान भने निरास भएका छन् ।
पल शाहलाई धरौटीमा रिहा गर्छ की भन्ने उनका फ्यानमा आशा रहेको थियो तर त्यो निराशामा परिणत भयो । यस कारण अहिले उनका शुभचिन्तक तथा दर्शक निकै दुखी भएका छन् ।
अभिनेता शाह कारागार चलान भएपछि उनका फ्यान भने निकै दुखी भएका हुन । शाह निर्दोष भएको तर जिल्ला अदालतले न्याय दिन नसेको भन्दै उनीहरुले चर्को आलोचना पनि गरिरहेका छन् ।पलको मुद्दा किनारा नलाग्दा सम्म उनी जेलमै हुनेछन् । अदालतले पललाई जेलमै राखेर अनुसन्धान गर्न निर्देशन दिएको हो ।
उनी अहिले त्यहाँ रहेको नयाँ भवनमा छन्। त्यहाँका हरेक ब्लकमा ३० जनाका दरले कैदीबन्दी अट्छन्। तर पल शाहलाई राखिएको ‘बी’ ब्लकमा भने २० जना मात्रै छन्। कारागारको यो नयाँ भवन हो। दुईतले भवनको माथिल्लो तलामा सुत्ने/बस्ने व्यवस्था छ भने तल्लो तलामा खाना खाने, खेल्ने र लाइब्रेरी रहेको छ ।
शाह कारागारको बन्दी बनेको ३ दिन बितीसकेको छ । तर संगै रहेका उनका ‘रुम पार्टनर’हरूले भने कारागार प्रशासनसँग ‘उहाँ त कस्तो फ्र्यांक हुनुहुँदो रहेछ। कति छिटो घुलमिल हुनु भो, भनेका छन्, ! ’
यो तीन दिनमै उनी आफ्नो ब्लकका अन्य कैदीबन्दीसँग घुलमिल भइसकेका हुन्। करिब ५ सय पुस्तकसहितको लाइब्रेरी छ। बेलाबेला पुस्तक पढ्छन्। तर उनलाई आफन्त भेटघाटमै भ्याइनभ्याइ हुन्छ। भेटघाटबाट बचेको समय क्यारम बोर्ड खेल्छन्। ब्लकभित्र चेस खेल्ने सुविधा पनि छ।
यता कारागार प्रशासनले उनलाई सकेसम्म भेटघाट कम गर्न र आफ्ना निकटलाई मात्रै बोलाउन भनेको छ। ‘तपाईंलाई भेट्न खोज्नेजति सबैलाई भेट्नु पर्दैन, जसलाई तपाईंले पनि चिन्नहुन्छ उनीहरूलाई मात्रै भेट्नु भनेका छौं’, प्रशासनका एक कर्मचारीले भने, ‘हामी सबै उस्तै हो भनेका रहेछन्। उहाँको नर्मल बानी देखेर ब्लकका सबै खुसी छन्। उहाँ सेलेब्रिटी त हो, तर कानुनका हिसाबले एउटै नजरबाट हेर्नुपर्छ हामीले।’
उनलाई भेट्न जाने नातागोता आफन्तहरूलाई सहजै भेटघाट गर्ने वातावरण बनाउन प्रशासनले भनेको छ।उनी बस्ने ब्लकमा थरीथरी मुद्दाका कैदीबन्दी छन्। जिल्ला कारागारले मुद्दाअनुसार छुट्टाछुट्टै कैदीबन्दी राख्ने गरेको छैन। कारागारमा १३ महिलासहित २५७ जना कैदीबन्दी छन्।
बिहीबार जिल्ला अदालतले अभिनेता शाहलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। यही मुद्दामा मतियार बनाइएका पलका म्यानेजर कृष्ण जोशी भने अदालतले माग गरेको एक लाख रुपैयाँ धरौटी बुझाएर त्यसै दिन रिहा भएका छन्।
यता जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको विरुद्ध पल शाहले उच्च अदालतमा अपिल गर्ने भएका छन्। उनका कानुन व्यवसायीले केही दिनमै उच्च अदालत (पोखरा) मा पुनरावेदन दिने बताएका छन्। पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उनीहरूको माग छ।
केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए। पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग उनीहरुले उच्च अदालतमा गर्ने भएका छन्।
‘फौजदारी कार्यविधिसंहिताको दफा ७३ अन्तर्गत आज हामी नक्कल प्रमाणित गरेर लिन्छौँ। लिइसकेपछि निवेदन तयार गरेर एक दुई दिनमै जान्छौँ’, वाग्लेले भने।
यसअघि बहसका क्रममा पनि उनीहरुले पीडितको उमेर, पीडितको जाहेरी र शारीरिक परीक्षण गर्दाका कुरा बाझिएको, घटनापछि पनि उनीहरु लामो समयसँगै रहनु जस्ता विषयले बलात्कार नभएको पुष्टि गर्ने जिकिर गरेका थिए।
पल शाहलाई फसाउन खोजेको अडियोबाट पनि सार्वजनिक भइसकेकाले शाहलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने अवस्था नरहेको उनी पक्षका कानुन व्यवसायीको जिकिर छ।
प्रतिक्रिया दिनुहोस्