जनक शिक्षा सामग्री केन्द्रलाई दुई करोड मतपत्र छाप्न दिने आयोगको निर्णय

काठमाडौं, चैत १३ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छाप्न दिने निर्णय गरेको छ ।

११ चैतमा आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार आयोगले आगामी वैशाख २० गतेसम्ममा सकिने गरी मतपत्र छाप्न दिने निर्णय गरेको हो ।

आयोगले निर्वाचनका लागि ६ सय ७६ निर्वाचन अधिकृत नियुक्त गरेको छ । त्यस्तै, आयोगले आइतबार नै अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने बताएको छ । आयोगले यसपटकको निर्वाचनमा निर्वाचन हुनुभन्दा अघिल्लो दिन अर्थात् २९ वैशाखसम्म १८ वर्ष पुग्ने नागरिकको नाम मतदाता नामावलीमा समावेश गरेको छ ।

जसअनुसार मतदाताको संख्या एक करोड ७९ लाख पुग्ने आयोगको अनुमान भए पनि दाबी विरोध र त्रुटि सच्याइएपछि संशोधनसहितको अन्तिम मतदाता नामावलीमा केही संख्या घटेर आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्