ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं, चैत १३ । चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई परियोजना अघि बढाउन भइरहेको बिलम्बबारे पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग चासो राखेका छन् ।
नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङले एमाले अध्यक्ष ओलीसँग आइतबार बिहान भेटेका हुन् । सो क्रममा विदेशमन्त्री वाङले बीआरआई परियोजना कार्यान्वयन गर्न चीन आतुर रहेको बताएका थिए ।
जबाफमा ओलीले बीआरआई परियोजना कार्यान्वयन हुनुपर्नेमा जोड दिए । बैठकपछि एमाले विदेश विभाग प्रमुख राजन भट्टराइले दुई नेताबीच बीआरआई परियोजना कार्यान्वयनको विषयमा छलफल भएको बताए ।
ओलीले कोरोनापछि बन्द भएका नाकाहरु तत्काल सञ्चालन गर्नुपर्ने, चीनबाट फर्किएका विद्यार्थीलाई अध्ययनका लागि पुनः जाने व्यवस्था गर्नुपर्ने माग राखेका थिए । कोरोना भाइरस रोकथामका लागि चीन सरकारले गरेको सहयोगप्रति अध्यक्ष ओलीले वाङलाई धन्यबाद दिए ।
विदेशमन्त्री वाङ यीलाई भेट्न अध्यक्ष ओली नक्सालस्थित होटल मेरियट पुगेका थिए । छलफलमा एमालेबाट उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पौडेललगायत नेताहरुको उपस्थित थियो ।














प्रतिक्रिया दिनुहोस्