राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

काठमाडौं, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।

शुक्रबारदेखि नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच राष्ट्रपति निवास शितलनिवासमा भेटवार्ता भएको हो। भेटमा दुईदेशबिचको कुटनीतिक र आर्थीक सहयोगबारे कुराकानी भएको छ ।
साथै आजै विदेशमन्त्री यीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्। विदेशमन्त्री यी आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । उनको यस भ्रमणलाई नेपालको राजनीतिक वृतमा चर्चा हरको छ ।

प्रतिक्रिया दिनुहोस्