एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, के-के छन् एजेण्डा ?
काठमाडौं, चैत १३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटीको पहिलो बैठक आज (आइतबार) बस्ने भएको छ ।
महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा दिउँसो ३ बजे बस्ने बैठक आसन्न स्थानीय निर्वाचनमा केन्द्रित हुने भएको छ ।
बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमाले स्थायी कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन् भने चार जना पदेन सदस्य छन् ।















प्रतिक्रिया दिनुहोस्