आज नेपालले पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दै, सिरिज बराबरी गर्ने लक्ष्य
काठमाडौं , चैत १२ । नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शनिबार पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
खेल टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
नेपाल शनिबार पपुवा न्युगिनीलाई हराउँदै सिरिज बराबरी गर्न चाहन्छ । पपुवा न्युगिनी भने नेपाललाई हराएर सिरिज कब्जा गर्न चाहन्छ ।
दुई खेलको एकदिवसीय सिरिजमा पपुवा न्युगिनी १–० ले अघि रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।
पहिलो खेल गुमाएको कारण नेपाललाई दोस्रो खेलमा दबाब थपिएको छ । सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाब रहेको छ ।
एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पपुवा न्युगिनी नेपालको भ्रमणमा आएको हो ।
प्रतिक्रिया दिनुहोस्