रोहित बने एक दिवसीय क्रिकेटमा अन्तर्राष्ट्रिय शतक बनाउने दोस्रो खेलाडी
काठमाडौं, चैत ११ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौड्यालले एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी० विरुद्ध शतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ९१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै १०० रन पूरा गरेका हुन् ।
नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि नेपालका लागि पारस खड्काले २०१९ यूएईविरुद्ध शतक प्रहार गरेका थिए । रोहितको शतकसँगै नेपालले ४० ओभर ५ बलको समाप्तिमा ६ विकेट गुमाएर २१७ रन बनाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्