कोरोना अपटेडः थप १२ जनामा सङ्क्रमण पुष्टि, मृत्यु शून्य

काठमाडौं, चैत ११ । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २८ सय २२ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, १५ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा छ जनामा सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरेर ४३ सय ४२ जनाको परीक्षण गर्दा कुल १८ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा २७१ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

अहिले देशभर १९ हजार ६० जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ६४ हजार ३४७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्