म माथि सिंगो राष्ट्रको जिम्मेवारी छ : अध्यक्ष दाहाल

काठमाडौं, चैत ११ । नेकपा ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि सिंगो राष्ट्रको जिम्मेवारी रहेको बताएका छन् ।

भरतपुर महानगरको प्रशासनिक भवनको शिलान्यास गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले देशलाई संकट परेको अवस्थामा आफू नै सक्रिय हुनुपर्ने भएकाले यस्तो महसुस भएको उल्लेख गरे ।

‘दुई पटक प्रधानमन्त्री र अहिले नेकपा माओवादी केन्द्रको अध्यक्ष भए पनि सिंगो राष्ट्रको जिम्मेवारी आफूमा रहेको हो की भन्ने भएको छ,’ उनले भने ।

त्यस्तै कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सम्झना गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई गति दिन र सही ट्र्याकमा हिँडाउन आफूनै चाहिने दाबी गरे ।

९४ करोड ३२ लाख ३० हजार २७१ रुपैया अनुमानित लागतमा निर्माण हुने भवनको शिलान्यास गर्दै दाहालले भरतपुरको विकास देखेर विदेशी समेत अचम्मित बनेको बताए ।

भरतपुरमा धेरै विकास भएको बताउँदै उनले अब आउने नेतृत्व अझ बढी कार्य गर्न सक्ने आउनसक्नुपर्ने
उल्लेख गरे । साथै दाहालले गठन्धन अपरिहार्य भएको पनि बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्