स्थानीय तह निर्वाचनका लागि २ करोड मतपत्र छापिने

काठमाडौँ, चैत १० । आउँदो वैशाख ३० गतेको हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छापिने भएको छ । बिहीबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको बारेमा जानकारी दिएको  हो ।

सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको जानकारी दिए । मतपत्र छाप्नका लागि ११ करोड रुपैयाँको कागज किनिसकेको छ । उनका अनुसार मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ ।

यस निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान आयोगले गरेको छ । अन्तिम मतदाता नामावली भने चैत १३ गते सार्वजनिक हुने सहायक प्रवक्ता अर्यालले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्