सलमानसँग मन्त्री आलेको संवाद: भने- ‘आपको स्वागत करनेके लिए आतुर हे’

काठमाडौं, चैत ९ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले चर्चित बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन् ।

भर्चुअल संवादमा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका छन् कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै उनले अब सबै सामान्य भएको बताए ।  हिन्दीमा बोल्दै मन्त्री आलेले भने, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ, हम आपको स्वागत करनेके लिए आतुर हे ।’

यता सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए । आफूलाई नेपाल निकै मनपर्ने भन्दै उनले चाँडै नेपाल आउन लागेको जानकारी दिए ।  मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिए । जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए ।‍

‘तपाईंलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउनु आग्रह गर्दछु । यदि तपाईको समय मिल्यो भने म तपाईलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु ।,’ मन्त्री आलेले भने ।

आफ्नो चलचित्रको प्रचारका लागि सलमान खान आगामी १४ जेठमा नेपाल भ्रमणमा आउँदैछन् । त्यसअघि नै मन्त्री आलेले सलमानसँग भर्चुअल कुराकानी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्