कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच लामो समयपछि भेटवार्ता

काठमाडौं। चैत ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

गत पुसमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा प्रत्याशी रहेका दुई नेताबीच लामो समयपछि भेटवार्ता भएको हो ।

भेटमा डा। कोइरालाले भ्रातृ संस्थाको तदर्थ समिति बनाउन भएको ढिलाइबारे चासो राखेका छन् । यस्तै, नेता कोइरालाले कार्यसम्पादन समितिको निर्णय कार्यान्वयनमा ढिलाई भएकोबारेमा सभापति देउवासँग जिज्ञासा राखेका हन् ।

यता जवाफमा देउवाले सबैलाई समेटेर छिट्टै तदर्थ समिति बनाइने बताएका छन् ।

महाधिवेशनपछि औपचारिक छलफलसमेत नगरेका देउवालाई शेखर आफैंले टेलिफोन गरी समसामयिक विषयमा छलफल गरेका हुन् । छलफलमा सभापति देउवाले पार्टीका आन्तरिक निर्णयहरूमा सबैलाई समेटेर लैजाने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्