ओलीको दाबि – आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ
काठमाडौं, चैत ८ । नेकपा ( एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन्।
मंगलबार काठमाडौंमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरल गायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
मधेशले समृद्धि खोजेको उल्लेख गर्दै उनले सो काम एमालेले मात्रै पूरा गरेर देखाउने बताए। अध्यक्ष ओलीले जय मधेश भन्ने नै एमालेले भएको पनि जिकीर गरे। एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि काम गरेको उनको दावी थियो।
‘आगामी इलेक्सनमा हामी बहुमत ल्याउछौं। र, ल्याउनुपर्छ यस देशका लागि। म साथीहरुलाई आग्रह गर्न चाहन्छु– हामीले बहुमत ल्याउनपर्छ, ल्याउने गरी लाग्नुस। देश र जनताको हितका लागि पनि एमालेले बहुमत ल्याउनुपर्छ। समृद्ध नेपाल बनाउनुपर्छ’, उनले भने।
अध्यक्ष ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे। सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाहरुको हित नहुने भन्ने हुनै नसक्ने उनको तर्क थियो। अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको उल्लेख गर्दै उनीहरुलाई आफ्नो पार्टीले देशको हितमा काम गरेकोमा सन्तुष्टि मिल्ने बताए।















प्रतिक्रिया दिनुहोस्