अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौं , चैत ८ । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन् ।

उनलाई मंगलबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितले स्वागत गरेका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच अभिनेत्री मानन्धरसहित लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायत एमाले प्रवेश गरेका हुन् ।

पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्