सुनको मुल्य बढ्यो, नाघ्यो तोलाको लाख

काठमाडौँ , चैत ८ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९९ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको ९९ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाले बढेर १३९५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि सोमबार चाँदी तोलाको १३७५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्