नेपाल, यूएईसँग ९९ रनले पराजित

काठमाडौं, ७ चैत । आईसीसी विश्वकप क्रिकेट लिग टुमा अन्तर्गतको खेलमा नेपाल आयोजक यूएईसँग ९९ रनले पराजित भएको छ । आयोजक युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५।१ ओभरमै अलआउट हुँदै १०३ रनमा समेटियो । दुबई क्रिकेट रंगशालामा नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान दिए । त्यस्तै आरिफ शेख र सोमपाल कामीले १५र१५ रन बनाउँदा बिनोद भण्डारीले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोडेका थिए । यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे भने ओपनर मुहम्मद रिजवानले ३३ रन जोडे । त्यस्तै चिराग सुरीले २६ रन बनाउदा भृत्या अरविन्दले २४ रन जोडे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए ।
त्यस्तै करण केसी र सोमपाल कामीले समान दुई(दुई विकेट हात पारे । त्यस्तै आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । यूएईसँगको पहिलो खेलमा पनि ४८ रनले पराजित भएको थियो । यसले नेपालले कमजोर प्रमाणित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्