स्थानीय चुनावमा गठबन्धनलाई एउटै खुट्टाले कुल्चने छौं: ओली
काठमाडौं, चैत ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् ।इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरेका हुन् ।
स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए ।
जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ । साथै ओलीले पार्टी छाडिसकेका सांसदहरुले नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने पनि बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेताहरुतिर लक्षित गर्दै अध्यक्ष ओलीले दुईतिहाइ नजिकको कम्युनिष्ट सरकारलाई कम्युनिष्टकै खोल ओढेकाहरूले ढालिदिएको पनि आरोप लगाएका छन्। सम्बोधनका क्रममा ओलीले २०५४ सालमा दुईतिहाइ आउने बेला पनि पार्टी फुटाएको बताए।
अहिले पनि एमालेलाई बहुमत आउन नदिन रोक्न पाँच दलीय गठबन्धन लागेको उनले बताए। तर आफूहरुले गठबन्धनलाई आगामी चुनावमा कुचोले झैँ बढारिदिने ओलीले बताए। उनले देशभर पार्टी प्रवेश अभियान चलेको पनि बताए।
प्रतिक्रिया दिनुहोस्