कम्युनिष्टहरुले दोहोरो चरित्र देखाए : प्रकाशमान सिंह
काठमाडौं, चैत ६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको भन्दै आलोचना गरेका छन् ।
आज आइतबार नेपाली कांग्रेस काठमाडौ क्षैत्र नं १ ले घर घर जाउ कांग्रेस जिताउ अभियान अन्तर गत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले एमसीसीको सन्दर्भमा कम्युनिष्टहरुले दोहोरो चरित्र देखाएको आरोप लगाएका हुन् ।
कम्युनिष्ट पार्टीहरु भ्रमको खेती गर्न खप्पीस रहेको भन्दै उहाँले मतदाताका घर–घरमा पुगेर उनीहरुको वास्तविकता बताउनुपर्ने बताए । जुनसुकै मित्र राष्ट्रले मुलुक र जनताको हितमा दिने सहयोग लिन सकिने उनको भनाइ थियो ।
अहिले एमसीसीको विषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न समेत उहाँले आग्रह गर्नुभयो । नेता सिंहले कम्युनिष्टका दोधारे कुराले नागरिकमा गलत सन्देश गएकाले त्यस्ता गलत हल्लाको विषयमा नागरिक सामु गएर बुझाउनु पर्ने बताएका हुन् ।
फरक प्रसंगमा बोल्दै चुनाव नजिकिदै गर्दा टिकटको आशा राख्नु स्वाभाविक भएपनि उम्मेदवार हुन टिकट पाउन पार्टीको विधानअनुसार सबैले पालना गर्नु पर्ने उनको भनाई रहेको छ ।















प्रतिक्रिया दिनुहोस्