स्थानीय तह निर्वाचनः नेताको दौडधूप बढ्यो, भ्याइनभ्याइ नेतालाई
काठमाडौं , चैत ६ । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूको गाउँ केन्द्रित सक्रियता बढेको छ । प्रमुख दलका प्रमुख नेताहरू अहिले गाउँ(गाउँको निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि भरहेका छन् ।शीर्ष नेताका साथै पार्टीका अन्य नेतासमेत निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि हुँदै छन् ।
निर्वाचन आयोगले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ । मनोनयन दर्तादेखि फिर्ता, मतदानलगायतका कार्यक्रम सार्वजनिक भएसँगै नेताहरूको दौडधूप बढेको हो ।
प्रमुख प्रतिपक्षी एमाले उम्मेदवार छनोटको आन्तरिक गृहकार्यमा जुटेको छ । पार्टीको सचिवालय बैठकबाट उम्मेदवार छनोटको मापदण्ड तोकिएसँगै स्थानीय तहमा उम्मेदवार छनोटका लागि गृहकार्य सुरु भएको एमालेले जनाएको छ ।एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले उम्मेवाद छनोटका लागि सोही तहको कमिटीबाट तीन जनाको सिफारिस हुनेछ । वडा र सदस्यको उम्मेवादर जिल्ला कमिटीले टुंगो लगाउनेछ ।
पालिकाको अध्यक्ष एवं मेयरको उम्मेवार प्रदेश कमिटीले टुंगो लगाउने जिम्मेवारी पाएको प्रवक्ता गुरुङले बताए ।यस्तै, महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसका आधारमा केन्द्रीय कमिटीले अन्तिम टुंगो लगाउनेछ । त्यसका लागि जिल्ला कमिटी र प्रदेश कमिटी उम्मेदवारको नामावली सिफारिस गर्नुपर्ने हुन्छ । यो समाचार आजका राजधानी दैनिकमा प्रकाशित छ ।















प्रतिक्रिया दिनुहोस्