बेस्ट फाइनान्सको २५औं साधारण सभा सम्पन्न

काठमाडौं, ४ चैत । बेस्ट फाइनान्स लिमिटेडको २५औं साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२ः३० बजे ससरु हुने तायिलको भएता पनि केहि समय ढिला गरि सुरु भएको थियो । कम्पनीले यो वर्ष पनि लगानीकर्ताहरुलाई बोनश वितरण नगर्ने भएको छ । संस्थागत सुधार गर्दै गएता पनि कम्पनीले आर्थिक वर्ष २०६७–६८ यता लाभांश वितरण गर्न सकेको छैन । आगामी आर्थिक वर्ष २०७९
÷२०८० मा भने लाभांश वितण गर्ने योजना रहको कम्पनीका प्रमुखकार्यकारी अधिकृत उमेश सिंह भण्डारीले बताए ।
सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पास गरेको छ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव सर्वसहमतीका साथ पास भएको छ ।

यसबाहेक आर्थिक वर्ष २०७७÷२०७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई कम्पनिका कार्य प्रगति र सभामा उठेका पश्नको जवाफ दिदै संस्थाको अध्यक्ष खिम लाल पौड्यालले सभाको समापन गरेका थिए । बेस्टले फागुन २० गते बुक क्लोज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्