आईसीसी विश्व कप क्रिकेट: नेपाल यूएईसँग ४८ रनले पराजित
काठमाडौं, चैत ४ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएकाे छ । यूएईले दिएकाे एक सय ६९ रन पछ्याएकाे नेपाल ३५ ओभर १ बलमा एक सय २० बलमा समेटियाे ।
नेपालका लागि राेहित पाैडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २८, कुशल भुर्तेलले ११, आसिफ शेख र सन्दीप लामिछानेले ७, करण केसी र साेमपाल कामीले ६, दीपेन्द्रसिंह ऐरी ४, आरिफ शेख र कमल ऐरी शून्य रनमा आउट भए ।
बलिङतर्फ यूएईका लागि बसिल हमीदले चार र जुनैद सिद्दिकीले तीन विकेट लिए । यस्तै जहाेर खान र राेहन मुस्तफाले एक–एक विकेट हात पारे ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै एक सय ६८ रन बनायाे । यूएईका लागि राेहन मुस्तफा र चुन्दनग्यापाेएल रिजवानले समान ४०/४० रन बनाए ।
बलिङतर्फ नेपालका साेमपाल कामीले चार विकेट लिए । यस्तै करण केसीले तीन विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक/एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्