स्थानीय तहको उम्मेदवारी बैशाख ११ र १२ गते, १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने

काठमाडौं,चैत ४ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको एक आयुक्तले जानकारी दिए ।

उनका अनुसार निर्वाचन प्रक्रिया अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर बैशाख १५ गने उम्मेदवारको नाम सार्वजनिक हुनेछ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको समय दिइने र त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

१७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्