स्थानीय निर्वाचन हुँदैन भन्ने हल्लाका पछाडि नलाग्न प्रधानमन्त्री देउवाको आग्रह
काठमाडौं , चैत ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन हुँदैन भन्ने हल्लाका पछाडि नलाग्न सत्तारुढ गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् ।
आज बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचन नहुने कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
सो क्रममा स्थानीय निर्वाचनमा तालमेलबारे कुराकानी भएको बताइएको छ ।कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीभित्र गठबन्धन विरुद्धमा आवाज उठेपनि आफू सकारात्मक रहेको बताए ।
उनले आगामी साता पार्टीको बैठक बोलाएर चुनावी तालमेलबारे ठोस निष्कर्ष दिने बताए ।














प्रतिक्रिया दिनुहोस्