तनहुँमा बस र टाटा सुमो ठोक्किँदा तीन जनाको मृत्यु
काठमाडौं, फागुन २९ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो बस र टाटा सुमो गाडी आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।मृत्यु हुनेमा एक महिला र दुई पुरूष छन्।
मृतकको नामथर वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि चितवन पठाइएकोमा तीनको मृत्यु भएको उनले बताए।
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो आपसमा ठक्किएका हुन्।घाइतेमध्ये नौलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको थियो।
दुर्घटनामा घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थापामगर, १८ वर्षीया आरती खवास र गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षीया डिनमया नेपाली रहेको प्रहरीले जनाएको छ।
यसैगरी आँबुखैरेनी गाउँपालिका–३ बस्ने ३३ वर्षीया हिरा बसेल, शुक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षीय जितेन्द्र शाही, सोही ठाउँ बस्ने ५२ वर्षीया गोमा शाही, ४१ वर्षीया दिनु शाही, कास्कीको पोखरा महानगरपालिका बस्ने ५२ वर्षीय राम शाही र ५२ वर्षीया ज्ञानु शाही घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस्