एमसीसी पार्टीबाट फेल भए राजीनामा दिन्छु: प्रचण्ड
काठमाडौं, फागुन २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताएका छन् ।
उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए । एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने धारणा राखे ।
पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमसीसीबारे पार्टीभित्र चुनावपछि छलफल हुने र यो बैठकबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने घोषणा समेत गरेका छन् ।
‘ आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला’, प्रचण्डले भने ।
उनले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने पनि बताए । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उनको धारणा छ । अर्को प्रशंगमा प्रचण्डले सभामुखले पार्टी फुटाउन भूमिका खेलेको भनिनुको तर्क नै नरहेको बताए । सभामुखले संविधानअनुसार आफ्नो भूमिका खेल्दा पनि परिवर्तन विरोधी भूमिकामा रहेको एमालेले बखेडा झिकिरहेको आरोप प्रचण्डले लगाए ।
प्रतिक्रिया दिनुहोस्