सत्ता गठबन्धनप्रति ओलीको कटाक्ष : सर्वोच्च अदालतमा गोरु ब्यायो, पाँच वटा बाछा पनि पायो
काठमाडौं, फागुन २७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको परमादेशी सरकारले जनादेशको मजाक उडाएको बताएका छन् ।
प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीशहरुको सेटिङमा आफ्नो सरकार ढालिएको आरोप लगाए । ‘परमादेश सरकारले जनादेशको मजाक उडायो । ओलीको सरकार ढाल्नु पर्छ भनेर गरेको सेटिङ न्यायाधीशले अमेरिकाबाट लेखेको इमेलले पुष्टि गरेको छ’, उनले भने, ‘संविधान बाहिर गएर पनि ओलीको सरकार ढालिएको छ भन्दैछन् । जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छन् न्यायाधीशहरूले ।’
उनले जनादेशी सरकार ढाल्न सर्वोच्च अदालतमा गोरु ब्याएको पनि बताए । ‘सर्वोच्च अदालतमा गोरु ब्यायो, पाँच वटा बाछा पनि पायो’, पाँच दलीय गठबन्धनतिर लक्षित गर्दै उनले भने, ‘गठबन्धन भन्नेहरु देशमा अस्थिरता ल्याउन लागेका छन् ।
अहिले राष्ट्रिय राजनीति दुईतिर बाँडिएको बताउँदै आफूहरुले राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको पनि बताए । ओलीले गुमेको जमिन फिर्ता ल्याउने बताउँदै अबको निर्वाचनबाट गठबन्धनलाई पछार्ने पनि उल्लेख गरे ।















प्रतिक्रिया दिनुहोस्