ताजकिस्तानको सामना गर्दै नेपाल

काठमाडौं । एएफसी एसियन कप छनोट चरण अन्तर्गत आज दोस्रो पटक ताजकिस्तानविरुद्ध नेपाली टोली भिड्दै छ । घरेलु मैदानमा २–१ ले पराजित नेपाली टोली जितको लक्ष्य सहित ताजकिस्तान पुगेको हो ।

नेपाल समूह ‘एफ’ को अन्तिममा रहेको छ । नेपालको १ अंकमात्र छ । छनोटका अहिले सम्मका ३ खेलमा नेपालले एउटा जित पनि हासिल गर्न सकेको छैन ।

छनोटको अर्को चरणको सुरुआत हुँदा हार वा बराबरीले नेपालको चुनौति लगभग समाप्त हुनेछ । समूहमा फिलिपिन्स ७ अंकसहित शीर्षस्थानमा, यमन ४ अंकसहित दोस्रो र ३ अंक जोडेको ताजकिस्तान तेस्रो स्थानमा छ । समूहका शीर्ष दुई टोली अर्को बर्ष युनाइटेड अरब इमिरेट्स युएई मा हुने एसियन कपको अन्तिम चरणका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्