साउदी अरबका विदेश मन्त्री फागुन ३० मा नेपाल आउँदै
काठमाडौं, फागुन २७ । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल सउद नेपाल भ्रमणमा आउने भएका छन्।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साउदीका विदेशमन्त्री अल सउद यही फागुन ३० गते दुई दिने भ्रमणका लागि आउन लागेको बताएका छन्।
फागुन ३० देखि चैत १ सम्म हुने भ्रमणका क्रममा नेपालको तर्फबाट परराष्ट्र मन्त्री डा। नारायण खड्का नेतृत्वको वार्ता टोली गठन गरिएको छ।
नेपाल र साउदी अरब सरकारबीच हुने जनरल कोअपर्शेनबारे कुरा हुनेछ । नेपाली युवाहरुको प्रमुख रोजगार गन्तव्य हो । नेपाल हरेक कुरामा सुन्दर भए पनि श्रमिकहरु विदेश गइरहेका छन्। उनीहरुको बढी भन्दा बढी हकहितको पक्षमा साउदीका मन्त्रीसँग कुरा हुनेछ।
त्यस्तै नेपालका श्रम मन्त्री किसान श्रेष्ठ कतारसहित तीनवटा देशको भ्रमणमा जाने भएका छन्। मन्त्रीका कार्कीका अनुसार उनी संयुक्त अरब, सेसेल्स र कतार भ्रमणका जाने भएका छन्। त्यहाँ पनि नेपाली श्रमिकको पक्षमा कुराकानी हुने कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस्